Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

नेपाल प्रहरीका १० डिएसपीको काज सरुवा

नेपाल प्रहरीका १० डिएसपीको काज सरुवा

दैनिकी न्यूज

१, फाल्गुण २०७८
नेपाल प्रहरीका १० डिएसपीको काज सरुवा
images

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १० डिएसपीको काज सरुवा गरेको छ । प्रधान कार्यालय स्रोतका अनुसार सातदोबादो मदन केसी, चापागाउँमा द्ववारिका घिमिरे, दोलखामा गंगा पौडेल, रसुवामा कुलदिप चन्द र रामेछाप राजकुमार थिङ सरूवा भएका छन् ।

रसुवाका डीएसपी देवेन्द्र पाण्डेलाई प्रहरी प्रधान कार्यालय सरुवा गर्दै कुल्दिप चन्दलाई रसुवा पठाइएको छ।

गंगा पौडेललाई दोलखामा पठाएर त्यहाँ कार्यरत डीएसपी भेषराज रिजाल अपराध महाशाखा र रामेछापमा राजकुमार थिंकलाई पठाएर त्यहाँ कार्यरत नवराज ढुंगानालाई प्रदेश नं १ प्रहरी कार्यालय सरुवा गरिएको छ।

यस्तै ललितपुरका दुई वटा वृत्तका इन्चार्ज पन फेरिएका छन्। चापागाउँ वृत्तमा द्वारिका घिमिरे र सातदोबाटो वृत्तमा मदन केसीलाई सरुवा गरिएको छ।

सातदोबाटोमा कार्यरत दिनेश घिमिरे महानगरीय प्रहरी कार्यालय रानीपोखरी र चापागाउँ वृत्तका डीएसपी टेकबहादुर कार्की प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन्।

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - २२:०५:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology