ललितपुर । लागु औषधसहित ललितपुरको सानेपाबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही जिल्ला डुमरिया–२ घर भई हाल ललितपुर–२ कालोपुलमा वस्ने बर्ष २८ को राज नारायण पटेल र रौतहट जिल्ला गढीमाई–३ गम्हरिया स्थायी घर भई हाल ललितपुर–२ कालोपुलमा वस्ने बर्ष २० को महमद जायद आलम रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट नुरफिन लेखिएको इन्जेक्सन ५०२ थान, डाइपाजाम लेखिएको इन्जेक्सन ५०३ थान र PROMETHAZINE HYDROCHLORIDE लेखिएको इन्जेक्सन ५२८ थान बरामद गरेको छ ।
लागु औषध इन्जेक्सन बिक्री गर्न हिडिरहेको भन्ने विशेष सुचनाको आधारमा उनीहरुलाई माघ २८ गते ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए । उनका अनुसार सानेपा नजिक रहेको कुमारी मन्दिर रहेको सडक बाटोमा महमद जायद आलमले दाँहिने हातमा बोकेको कालो रङको प्लाष्टिकको झोला हेर्दा सो झोला भित्र अबैध लागु औषध बरामद गरेको हो ।
जिल्ला अदालत ललितपुरबाट १५ दिन हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान भईरहेको प्रवक्ता शाहको भनाई छ ।