Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

दैनिकी न्यूज

१, फाल्गुण २०७८
सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
images

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाले बैठक बोलाएको प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।

उनका अनुसार बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारमा बोलाएका हुन्।

आइतबार सत्तारूढ दल तीन दलका ९८ जना सासंदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेका छन्।

सो प्रस्ताव दर्ता भएसँगै आइतबारको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन ४ गतेको लागि स्थगित गरेको छ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - १६:३७:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology