काठमाडौं । मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको घोषणा गरेका छन् । मधेश प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) सहभागी भएपछि पहिलो पटक मनाउन २७ औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको दिएको हो ।
यस अवसरमा मधेश भवन परिसरमा जनयुद्ध दिवसको अवसरमा एक कार्यक्रम समेत आयोजना गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । यस अवसरमा मधेश सरकारले पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्री मातृका प्रसाद यादव, मुख्यमन्त्री लालबाबु राउतलगायतका वक्ताले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।