Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

बिमला शाहीको कोठा चोरी कार्यमा संलग्न दुई जना बालाजु वृत्तको फन्दामा

बिमला शाहीको कोठा चोरी कार्यमा संलग्न दुई जना बालाजु वृत्तको फन्दामा

दैनिकी न्यूज

२९, माघ २०७८
बिमला शाहीको कोठा चोरी कार्यमा संलग्न दुई जना बालाजु वृत्तको फन्दामा
images

काठमाडौं । असोज २५ गते बिमला शाहीको कोठा चोरी कार्यमा संलग्न दुई जनालाई महानगरीय प्रहरी वृत्त बालाजले शुक्रबार पक्राउ गरेको छ ।

नुवाकोट जिल्लाको बिदुर–२ घर भई हाल काठमाडौं–१६ ढुङ्गेधारा स्थित माया शेरचनको घरमा डेरा गरी बस्ने बर्ष ३५ की बिमला शाहीको डेराकोठाबाट ढोकाको ताल्चा फोडी करिव ८ तोला बारावरको सुनको गरगहनालगायतका सामानहरु चोरी भएको थियो ।

चोरी घटानामा संलग्न रामेछाप जिल्ला मन्थली– ९ घर भई हाल काठमाडौं–१६ बालाजु खरिबोट बस्ने बर्ष २२ की अमिता नेपालीलाई चोरी भएको सुन सहित तथा चोरी भएको सुन मध्येको मंगलसुत्र खरिद गरी गाली सकेको अवस्थामा चोरी भएको सुन खरिद गर्ने नुवाकोट बेलकोटगढी–८ घर भई हाल कठमाडौं–१६ खरिबोटमा राजश्री ज्वलेर्स संचालन गर्ने बर्ष ४१ को राजु सुनार समेतलाई गालिसकेको सुनको ढिक्का सहित शुक्रबार पक्राउ गरिएको वृत्त बालाजुका डीएसपी गौतम मिश्रले बताए ।

डिएसपी मिश्रका अनुसार प्रहरीले उनीहरुको साथबाट सुनको लकेटसहितको १.५ तोलाको सिक्री, आधा तोलाको बेरुवा रिङ, औठी, झुम्का, तिलहरी, मंगलसुत्र गालि तयार गरेको १.५ तोलाको ढिक्का, मोबाइल, घडी, अन्य धातुको औठी, पडीतको एनटिसिको सिमसमेत बतामद गरेको छ ।

images
प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - १५:०४:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology