Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

६ जना एसपीको काज सरुवा

६ जना एसपीको काज सरुवा

दैनिकी न्यूज

२९, माघ २०७८
६ जना एसपीको काज सरुवा
images

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६ जना एसपीको काज सरुवा गरेको छ।

शुक्रबार प्रधान कार्यालयले तीन जिल्लाका प्रहरी उपरीक्षकहरूको काज सरुवा गरेको हो।

चितवन जिल्लामा नवराज अधिकारीलाई काज खटाइएको छ। चितवनका एसपी ओम अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।

यस्तै, महोत्तरीमा प्रहरी उपरीक्षकमा कृष्ण पंगेनीको सरुवा भएको छ। त्यहाँ कार्यरत् दिनेश आचार्यको महानगरीय अपराध महाशाखामा सरुवा भएको छ।

यस्तै, बर्दिया जिल्लामा अख्तियारमा कार्यरत् वीरेन्द्रबहादुर शाहीको सरुवा भएको छ। बर्दियाका एसपी ईश्वर कार्कीको कार्य विभागमा सरुवा भएको छ।

images
प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - ०६:३३:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology