Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

आजदेखि दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो

आजदेखि दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो

दैनिकी न्यूज

२८, माघ २०७८
आजदेखि दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो
images

काठमाडौं । दूग्ध विकास संस्थान ९डीडीसी०ले शुक्रबारबाट लागू हुनेगरी दूधमा उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि डीडीसीले पनि उपभोक्ता मूल्य बढाएको हो ।

सरकारले किसानको मूल्यवृद्धिपछि डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पु¥याएको छ । यसअघि डीडीसीले उपभोक्तालाई मूल्य प्रतिलिटर ७६ रुपैयाँमा बिक्री गर्दै आएको थियो ।

डीडीसीका अनुसार प्रतिलिटर ९ रुपैयाँ बढाउँदा काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ । यसैगरी, बुटवल र भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ ।

मन्त्रिपरिषद्को बैठकले किसानले पाउने दूधको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि गरी ५६ रुपैयाँ चार पैसा पु(याउने निर्णय गरेको थियो ।

डीडीसीले कच्चा दूधको मूल्यवृद्धिसँगै ढुवानी भाडा लागत खर्च बढेको हुँदा वैज्ञानिक आधारमा स्टान्डर्ड दूधको मूल्य बढाउने निर्णय गरेको जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

images
प्रकाशित मिति :माघ २८, २०७८ शुक्रवार - ०७:२७:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology