Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

ठगी गरेको आरोपमा अनामनगरबाट कान्ति राना पक्राउ

ठगी गरेको आरोपमा अनामनगरबाट कान्ति राना पक्राउ

दैनिकी न्यूज

२६, माघ २०७८
ठगी गरेको आरोपमा अनामनगरबाट कान्ति राना पक्राउ
images

काठमाडौं । जर्मनी पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूले स्याङ्जा घर भएकी कान्ति राना गुरुङ ‘क्रिस्टिना’लाई आइतबार पक्राउ गरेको हो ।

धेरै रकम ठगेको उजुरीको आधारमा उनलाई अनामनगरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । कुटनीतिक नियोगका मानिसहरुले प्रयोग गर्ने निलो प्लेटको गाडी चढेर हिँड्ने कान्ति रानाले आफूलाई युएनको कर्मचारी डा. क्रिस्टिना भनेर चिनाउँथिन् । उनले युएनको कर्मचारी भनेर नक्कली भिजिटिङ कार्ड समेत वितरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

उनले एकजनाबाट १४ लाख ठगेको उजुरी महानगरीय प्रहरी वृत्त स्वयम्भूमा दर्ता भएको छ । गुरुङले ३२ जनाबाट ४ देखि १५ लाखसम्मको दरले थप करिब साढे २ करोड ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अदालतबाट ५ दिनको म्याद थप भई ठगी असुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - १०:३२:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology