काठमाडौं । नेपाल प्रहरीका जवानहरूको ठुलो संख्यामा सरुवा गरिएको छ । मंगलबार राति ७ हजार ३४४ जना जवानहरूको सरुवा भएको छ ।
फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउने गरी जवानहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
स्थानिय तह निर्वाचन मिति घोषणा भएसँगै ठूलो संख्यामा प्रहरी जवानहरूको पनि सरुवा गरिएको हो ।