Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

फेरि मौसममा खराबी, यी क्षेत्रमा वर्षा

फेरि मौसममा खराबी, यी क्षेत्रमा वर्षा

दैनिकी न्यूज

२६, माघ २०७८
फेरि मौसममा खराबी, यी क्षेत्रमा वर्षा
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भु–भाग लगायत बांकी पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ र अन्य भू–भागमा मौसम सामान्यतयस सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

२०७८ माघ २६ गते  (बुधबार)

दिउँसो : देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश का धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावना छ ।

राती : सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत बागमती र प्रदेश नं १ को पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली तथा बाकी भू-भागमा आंशिक बदली रहनेछ।  सुदूर पश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बागमती तथा प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

२०७८ माघ २७ गते  (बिहीबार)

दिउँसो : देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु-भागको मौसम आंशिक बदली रहनेछ। प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

२०७८ माघ २८ गते  (शुक्रबार)

दिउँसो : प्रदेश नं १, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि बांकी भु-भागमा मौसम सामान्यतयस सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहि बांकी भु-भागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर मौसम बदली भई सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश का धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - ०६:५६:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology