Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

स्रोत नखुलेको ७० लाखसहित ढुंगाना पक्राउ

स्रोत नखुलेको ७० लाखसहित ढुंगाना पक्राउ

दैनिकी न्यूज

२६, माघ २०७८
स्रोत नखुलेको ७० लाखसहित ढुंगाना पक्राउ
images

काठमाडौं । स्रोत नखुलेको करिब ७० लाखसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नं. ३ चाउथे घर भएका नवराज ढुंगाना रहेका छन् ।

विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका वडा नं. १६ बाईपासबाट नेपालटार तर्फ जाने ओरालो बाटोमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानरीय प्रहरी वृत्त बालाजुबाट खटिएको संयुक्त प्रहरी टोलीले ढुंगानालाई ६९ लाख ९९ हजार नगद सहित नियन्त्रणमा लिएको छ ।

यसबारे थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्रले बताए ।

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - ०६:२१:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology