Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

एमसीसी टेबल गरे माओवादीले सरकार छाड्ने

एमसीसी टेबल गरे माओवादीले सरकार छाड्ने

दैनिकी न्यूज

२४, माघ २०७८
एमसीसी टेबल गरे माओवादीले सरकार छाड्ने
images

काठमाडौं । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । सरकारमा रहेका दलहरुबीच फरक फरक धारणा सार्वजनिक हुँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि गठबन्धन संकटमा परेको हो ।

एमसीसीबारे पार्टी अध्यक्षको भूमिका दोहोरो भएको र पार्टीमा समेत छलफल नभएको भन्दै नैतिक प्रश्न उठाउन थालेपछि सरकारमा बसिरहने कि फिर्ता हुने भन्ने कोणबाट माओवादी केन्द्रभित्र छलफल सुरु भएको छ । प्रधानमन्त्री देउवा पक्षबाट सो पत्र सार्वजनिक भएको र गोपनीयता कायम नभएको भन्दै सत्ता गठबन्धनको प्रमुख घटक माओवादीले सरकार छाड्ने संकेत गरिसकेको छ । देउवाले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र गठबन्धन दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि संवाद गरेका थिए ।


त्यस क्रममा माओवादी केन्द्रका नेता श्रेष्ठले आफूहरूको बटमलाइन प्रस्ट रहेको र पत्र सार्वजनिक गरेर माओवादीलाई दोषी देखाउन खोजिएको आरोप लगाएका थिए । उनले एमसीसी संसद्मा पेस गर्ने हो भने माओवादी सरकारबाट बाहिर आउनेसमेत जानकारी गराए । आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - ०७:०८:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology