काठमाडौं । सरकारले पार्टी प्यालेस सञ्चालनमा कडाइ गर्दै आएकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम भएसँगै नियम खुकुलो बनाउने भएको छ ।
आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कुल क्षमताको ५० प्रतिशत वा १०० जना ननाघ्ने गरी जनस्वास्थ्यको मापदण्ड अपनाएर सञ्चालन गर्न सिफारिस गरेको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।
यसबारे मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि लागू हुनेछ ।