काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराई भू–भागका केहि स्थानमा हुसु÷कुहिरो लागेको छ।
आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै रातीको समयमा प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि देशका बाँकी भूभागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
देशका तराई भू–भागमा हुसु÷कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।