Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गर्ने तयारी

प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गर्ने तयारी

दैनिकी न्यूज

२२, माघ २०७८
प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गर्ने तयारी
images

काठमाडौं । प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन् । दलबीच सहमति भई परिस्थिति अहिलेको अवस्थाबाट अघि बढेमा एमसीसी संसदमा प्रस्तुत हुनेछ ।

संसदमा एमसीसी टेबुल अर्थमन्त्रीले गर्नुपर्छ । अर्थमन्त्री जनार्दन शर्मालाई यतिबेला कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण निको नभए उनी सो बैठकमा उपस्थित हुन पाउँदैनन् । सम्बन्धि मन्त्री नभए अर्को मन्त्रीले टेबुल गर्ने संसदीय अभ्यास छ । जसबाट अर्थमन्त्रीको ठाउँमा अन्य कुनै मन्त्रीले एमसीसी टेबुल गर्न बाधा पर्दैन ।

सभामुखको अनुमतिले संसद्मा एमसीसी टेबुल भएपछि मन्त्रीले वक्तव्य दिनुपर्छ । मन्त्रीले वक्तव्य दिएपछि अर्को कुनै बैठकमा एमसीसीबारे सामान्य छलफल गरियोस् भनी प्रस्ताव गरिन्छ । सामान्य छलफल समाप्त भएको १२० घण्टापछि संशोधन गर्न सकिने व्यवस्था छ । एमसीसीको हकमा संशोधन राख्न नमिल्ने अवस्था छ । आजको नागरिक दैनिकबाट

images
प्रकाशित मिति :माघ २२, २०७८ शनिवार - ०८:४३:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology