Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

३५ सय घुससहित वडासचिव पक्राउ

३५ सय घुससहित वडासचिव पक्राउ

दैनिकी न्यूज

२०, माघ २०७८
३५ सय घुससहित वडासचिव पक्राउ
images

काठमाडौँ । ३ हजार ५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिइ गएको टोलीले बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो ।

जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

साहलाई सेवाग्राहीबाट ३५ सय रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २०, २०७८ बिहिवार - १७:१४:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology