Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

गठबन्धन भत्काउन एमाले लागेको तीन दलको आरोप

गठबन्धन भत्काउन एमाले लागेको तीन दलको आरोप

दैनिकी न्यूज

१९, माघ २०७८
गठबन्धन भत्काउन एमाले लागेको तीन दलको आरोप
images

काठमाडौं । सत्ता सहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेको आजको नागरिक दैनिकमा समाचार छ ।

एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदै संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने दाबी गर्दै आएका छन् । एक सातायता सत्ता सहयत्रीबीच उत्पन्न चिसोले भने गठबन्धन भत्किन सक्ने शंकालाई बल पुगेको छ ।

आउँदै संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने र त्यसमा काँग्रेस प्रतिबद्ध रहेका भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिए पनि उनको पार्टीभित्र यस विषयलाई लिएर चर्को असन्तुष्टि छ । साथै एमसीसीको विषयमा पनि सत्ता सहयात्री दलभित्र किचलो बढेको छ ।

images
प्रकाशित मिति :माघ १९, २०७८ बुधवार - ०७:३९:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology