Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

बिङ्गो खेलिरहेको अवस्थामा ७४ जना पक्राउ

बिङ्गो खेलिरहेको अवस्थामा ७४ जना पक्राउ

दैनिकी न्यूज

१७, माघ २०७८
बिङ्गो खेलिरहेको अवस्थामा ७४ जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका जडा नं.६ नयाँ बस्तीस्थित दोलाखा सैलुङ गाउँपालिका घर भएका ३० वर्षीय सागर घिसिङको निर्माण हुँदै गरेको स्नुकर हाउसमा बिङ्गो खेलिरहेको अवस्थामा सागर घिसिङ समेत ६६ जना पुरुष र ८ जना महिला गरी ७४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्नुकर हाउसमा हार जित हुनेगरी बिङ्गो खेलाईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख १९ हजार २ सय ५० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ १७, २०७८ सोमवार - १५:५०:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology