Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिने खनाल पक्राउ

नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिने खनाल पक्राउ

दैनिकी न्यूज

१४, माघ २०७८
नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिने खनाल पक्राउ
images

काठमाडौं । महिलाको नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा कास्की रुपा गाउँपालिका वडा नं. ७ सिस्नेरी का ३१ वर्षीय मुक्ति खनाल भन्ने मुक्तिनाथ खनाल पक्राउ परेका छन् ।

वैदेशिक रोजगारबाट फर्कने क्रममा उनलाई शुक्रबार महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय एयरपोर्टको समन्वयमा साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत ललाइफकाई, धाक धम्की डर त्रास र प्रलोभनमा पारेर पीडित महिलाको लिएको नग्न तस्बिर र भिडियो सार्वजनिक गरी दिने भनि धम्की दिएको आरोपमा उनलाई पक्राउ गरेको हो ।

उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनलाई शुक्रबार विमानस्थलबाट पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :माघ १४, २०७८ शुक्रवार - १५:४७:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology