ललितपुर । सोनाम ल्होछारका अवसरमा ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले यही माघ १९, २० र २१ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको साँस्कृतिक पर्व २८५८सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक विदा दिएको कोन्ज्योसोम गाउँपालिकाले जारी सूचनामा उल्लेख छ ।
संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले बताए ।
कोन्ज्योसोम गाउँपालिकाको माघ ७ गते बसेको बैठकले तीन दिन सार्वजनिक विदा दिने निर्णय भएको हो । निर्णय अनुसार गाउँपालिकाको कार्यालय र मातहतका सम्पूर्ण कार्यलयहरु विदा दिने उल्लेख छ ।