Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

नक्कली थ्रीएम मास्क सहित ४ जना पक्राउ

नक्कली थ्रीएम मास्क सहित ४ जना पक्राउ

दैनिकी न्यूज

१३, माघ २०७८
नक्कली थ्रीएम मास्क सहित ४ जना पक्राउ
images

काठमाडौं । काठमाडौं त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरीकन ब्राण्ड थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार १ सय १४ थान थ्रीएम मास्क सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका(११ त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ललितपुर टिकाथली घर भएका ३४ वर्षीय बुद्दि बहादुर कार्की, काठमाडौं भोटेबहाल बस्ने भारत राजस्थान घर भएका नक्कली थ्रीएम मास्कको सप्लायर्स २० वर्षीय यश अग्रवाल, २० वर्षीय श्री यान्स लावटी र ललितपुर सातदोबाटो बस्ने अनेष्ट सप्लायर्सका म्यानेजर संखुवासभा सभापोखरी गाउँपालिका–१ घर भएका २३ वर्षीय मुक्ति प्रसाद पोखरेल रहेका छन् ।

काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा अमेरीकन ब्राण्ड थ्रीएम मास्क तथा थ्रीएम हेल्थक्येर युएसको नक्कल गरी कम गुणस्तरका माक्स नेपाली बजारमा बिक्री बितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्समा जाँच गर्ने कम गुणस्तरको मास्क फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै महालक्ष्मी इशान इन्टरप्राइजेजबाट ४ हजार १ सय ९४ थान र अनेष्ट सप्लायर्सबाट १ हजार ९ सय २० थान नक्कली थ्रीएम मास्क प्रहरीले बरामद गरेको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग बबरमहल काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

images
प्रकाशित मिति :माघ १३, २०७८ बिहिवार - १७:५२:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology