Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

बैक मौज्दात नभएको चेक दिने नुवाकोटका ओली प्रहरीको फन्दामा

बैक मौज्दात नभएको चेक दिने नुवाकोटका ओली प्रहरीको फन्दामा

दैनिकी न्यूज

१३, माघ २०७८
बैक मौज्दात नभएको चेक दिने नुवाकोटका ओली प्रहरीको फन्दामा
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. ८ बस्ने ४० वर्षीय लबराज ओलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनबाट २०७७ फागुन २३ गते बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ९ लाख ६३ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले नुवाकोट शिवपुरी गाउँपालिका–६ गुर्जुभञ्ज्याङबाट पक्राउ गरेको हो ।

ओलीले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी ज्योति विकास बैंक लिमिटेड (साविकको हाम्रो विकास वैंक लिमिटेड) मा रहेको खाताबाट भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट उक्त फैसला भएको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १३, २०७८ बिहिवार - १७:४८:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology