Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

चार्टर्ड उडानमा बढी भाडा असुल्ने विमान कम्पनीको छानविन हुने

चार्टर्ड उडानमा बढी भाडा असुल्ने विमान कम्पनीको छानविन हुने

दैनिकी न्यूज

१३, माघ २०७८
चार्टर्ड उडानमा बढी भाडा असुल्ने विमान कम्पनीको छानविन हुने
images

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर्ड उडानमा तोकिएको भन्दा बढी हवाई भाडादर तिर्न बाध्य भई मर्का परेका यात्रुहरुको गुनासो संकलन गर्ने भएको छ । यसका लागि मन्त्रालयका सहसचिव होमनाथ लुइँटेल, उपसचिव टेकनारायण पौडेल र प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेको समिति गठन गरिएको छ ।

कोभिड–१९ संक्रमणको पहिलो चरणमा नेपाल सरकारबाट बन्दाबन्दीको घोषणा भएपश्चात अलपत्र परेका व्यक्तिहरुलाई स्वदेश फर्काउन सहजीहरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रुले चार्टर्ड उडानको क्रममा बढी भाडा असुली गरेको गुनासो सार्वजनिक भएको थियो । सो विषयमा छानबिन गर्न मन्त्रालयले समिति गठन गरेको हो ।

पहिलो चरणको बन्दाबन्दी र सोपश्चात यात्रुहरु प्रस्थान हुँदा लाग्ने हवाई भाडा सम्बन्धित एयरलाइन्सबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हवाई भाडा भन्दा बढी लिएको गुनासो आएपछि यसअघि पनि छानबिन समिति गठन भएको थियो । मर्का परेका यात्रुले आधिकारिक कागजातसहित सात दिनभित्र निवेदन ईमेल गर्न समितिले भनेको छ । आजको कारोबार दैनिकबाट

images
प्रकाशित मिति :माघ १३, २०७८ बिहिवार - ०७:२८:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology