Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

झापामा सडक दुर्घटनामा प्रत्येक तीन दिनमा एकको मृत्यु

झापामा सडक दुर्घटनामा प्रत्येक तीन दिनमा एकको मृत्यु

दैनिकी न्यूज

१२, माघ २०७८
झापामा सडक दुर्घटनामा प्रत्येक तीन दिनमा एकको मृत्यु
images

झापा । झापामा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एकजनाको मृत्यु हुने गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको चालु आर्थिक वर्ष २०७८–७९ को पुस मसान्तसम्मको तथ्यांकले त्यही पुष्टि गर्छ।

चालु आवको पुस मसान्तसम्ममा सवारी दुर्घटनामा परी ६३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका निरीक्षक निशेष चापागाईंले जानकारी दिए।

जिल्लामा चालु आवको पुस मसान्तसम्म ३१३ सवारी साधन दुर्घटना भएका थिए। उक्त संख्या गत आवको तुलनामा करिब ४० प्रतिशतले बढी हो। गत आवमा ६५७ सवारी साधन दुर्घटना हुँदा ९३ जनाले ज्यान गुमाएका थिए।

ट्राफिक नियम उल्लंघन गर्ने दुईपांग्रे सवारी साधनको संख्या अत्यधिक रहेको चापागाईंले बताए। ‘जिल्लामा बर्सेनि दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘मोटरसाइकल दुर्घटना बढी छ।’

सवारी साधनको बढ्दो चाप, सडकको दूरावस्था, तीव्रगति, ट्राफिक नियमको अवहेलनालगायत कारणले दुर्घटना बढ्दै गएको उनको भनाइ छ।

जाडोको समयमा बाक्लो हुस्सु, मादक पदार्थ सेवन, साँझमा विपरीत दिशाका दुई सवारीका चालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा पनि दुर्घटना बढेको प्रहरी निरीक्षक चापागाईंको बुझाइ छ। रासस

images
प्रकाशित मिति :माघ १२, २०७८ बुधवार - ०८:१३:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology