Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

मौसममा सुधार आउन अझै केही दिन लाग्ने, आंशिकदेखि सामान्य बदलीको सम्भावना

मौसममा सुधार आउन अझै केही दिन लाग्ने, आंशिकदेखि सामान्य बदलीको सम्भावना

दैनिकी न्यूज

११, माघ २०७८
मौसममा सुधार आउन अझै केही दिन लाग्ने, आंशिकदेखि सामान्य बदलीको सम्भावना
images

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

राजधानी काठमाडौंमा बिहान अबेर आकाश केही खुलेर घाम लागेको भए पनि अहिले आंशिक बदली रहेको छ । महाशाखाका मौसमविद्को भनाइमा मौसम हिजोका दिनमा भन्दा मंगलवार तुलनात्मक सुधार आएको छ । पूर्णरुपमा सुधार हुन अझै केही दिन लाग्नेछ । विगतको तुलनामा मंगलववार मध्याह्नपछि बदली हुनुका साथै थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले अबका केही दिन बिहानीपख मौसम केही खुले पनि मध्याह्नपछि पुनः बदली र हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।

अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशको पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ ।

बुधवार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ ।मंगलवरा काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ५ र अधिकतम तापक्रम १५ दशमलव ५ डिग्रीसेल्सियस रहेको छ । रासस

images
प्रकाशित मिति :माघ ११, २०७८ मंगलवार - १५:०७:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology