Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

जनगणनाको प्रारम्भिक नतिजा तयार, माघ १२ मा सार्वजनिक गरिने

जनगणनाको प्रारम्भिक नतिजा तयार, माघ १२ मा सार्वजनिक गरिने

दैनिकी न्यूज

१०, माघ २०७८
जनगणनाको प्रारम्भिक नतिजा तयार, माघ १२ मा सार्वजनिक गरिने
images

काठमाडौं । राष्ट्रिय योजना आयोगमातहतको केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ।

सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो।

नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअल रूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए। रासस

images
प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - २०:३०:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology