Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

चीनमा उपचार गराएर आज स्वदेश फर्किंदै माओवादी नेता वर्षमान पुन

चीनमा उपचार गराएर आज स्वदेश फर्किंदै माओवादी नेता वर्षमान पुन

दैनिकी न्यूज

१०, माघ २०७८
चीनमा उपचार गराएर आज स्वदेश फर्किंदै माओवादी नेता वर्षमान पुन
images

काठमाडौं । काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर सोमबार स्वदेश फर्कंदै छन् ।

पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बेलुका चार्टर विमानमार्फत नेता पुन नेपाल आउन लागेका हुन् ।

सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत दिएका छन् ।

नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।

बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।

अहले नेता पुनको जण्डिसको मात्रा नियन्त्रित अवस्थामा रहेको जनाइएको छ।

images
प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - १०:३०:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology