Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

चिडियाखाना एक हप्ताको लागि बन्द

चिडियाखाना एक हप्ताको लागि बन्द

दैनिकी न्यूज

१०, माघ २०७८
चिडियाखाना एक हप्ताको लागि बन्द
images

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्दै गएपछि सदर चिडियाखाना बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनअनुसार तत्काललाई एक हप्ताको लागि चिडियाखाना बन्द गरिएको चिडियाखानाकी प्रमुख रचना शाहले जानकारी दिए । एक हप्तापछिको अवस्था हेरेर फेरि निर्णय हुने उनले बताए ।

अघिल्लो हप्ता मात्र चिडियाखानामा एक पटकमा पाँच सय मात्र प्रवेश गर्न पाउने नियम बनाइएको थियो । तर सङ्क्रमण बढ्दै गएपछि चिडियाखाना बन्द गरिएको हो ।

जावलाखेलमा रहेको सदर चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर छन् । जहाँ मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा ९रातो हाब्रे० छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् ।

नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

images
प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - ०८:२५:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology