Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

पठाओ राईडरलाई जबरजस्ती लुटपाट गर्ने दुई व्यक्ति सातदोबाटो प्रहरीको फन्दामा

पठाओ राईडरलाई जबरजस्ती लुटपाट गर्ने दुई व्यक्ति सातदोबाटो प्रहरीको फन्दामा

दैनिकी न्यूज

९, माघ २०७८
पठाओ राईडरलाई जबरजस्ती लुटपाट गर्ने दुई व्यक्ति सातदोबाटो प्रहरीको फन्दामा
images

ललितपुर । पठाओ राईडरलाई जबरजस्ती लुटपाट गर्ने कार्यमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति काठमाडौंको कोटेश्वरबाट पठाओ राइडर प्रविन राईलाई अपहरण गरेर ती युवाले मोटरसाइकल लुटेका थिए । उनीहरूले कोटेश्वरबाट ललितपुरको धापाखेलस्थित आँखादहमा लगेर राइडरको हाँतखुट्टा तथा मुखमा टेप बाँधेर मोटरसाइकल लुटेको महानगरी प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

ती दुबैजनालाई काठमाडौंको बलम्बुबाट नियन्त्रणमा लिइएको प्रहरी वृत्त सातदोबाटोका प्रमुख, डीएसपी दिनेश घिमिरेले जानकारी दिए । पक्राउ पर्नेमा सुमन तामाङ र मिनराज राई छन् ।

डिएसपी घिमिरे नेतृत्वको टोलीले काठमाडौंको बलम्बु स्थिति चन्दागिरी रिकन्डिसन सोरुम नजिकैबाट मोटरसाइकल बेच्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

गएराति १ः३० बजे एकजना युवक कोटेश्वरबाट पठाओ चढेर गएका थिए । उनले साथीलाई धापाखेलमा बोलाएर योजनाबद्ध रुपमा लुटेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । धापाखेलस्थित एकान्त ठाउँमा लगेपछि दुबैले राइडर प्रविन राईको हातखुट्टा डोरीले र मुखमा टेप बाँधेर बोल्न नसक्ने बनाएर छाडेका थिए । स्थानीयले प्रहरी कन्ट्रोल रुपमा फोन गरी राईडरको अवस्था जानकारी दिएका थिए ।

images
प्रकाशित मिति :माघ ९, २०७८ आइतवार - १६:४९:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology