Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना, यस्तो छ तीन दिनको मौसम

आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना, यस्तो छ तीन दिनको मौसम

दैनिकी न्यूज

८, माघ २०७८
आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना, यस्तो छ तीन दिनको मौसम
images

काठमाडौं । नेपालमा फेरि अर्को मौसमी प्रणालीको भित्रिएकाले केही दिन मौसम बदली हुने मौसम पूर्वानुमान विभागले जनाएको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्यतया बदली रही बाकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भू–भागका केहि स्थानमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ। 

२०७८ माघ ०९ गते  (आईतबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

राती : देशभर सामान्यतया बदली रहने छ। सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखी मध्यम वर्षाको संभावना रहेको छ भने बांकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ। 

२०७८ माघ १० गते  (सोमबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहि प्रदेश नं १ लगायत बाँकी प्रदेशका पहाडी भुभागका थोरै स्थानहमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशको पहाडी भुभागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भुभागमा आंशिक बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको र देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

 

images
प्रकाशित मिति :माघ ८, २०७८ शनिवार - ०९:१५:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology