काठमाडौं । आज प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दिएको रायको समयसीमा गुज्रिँदै जाँदा सत्ता गठबन्धनमै सहमति नजुट्दा अन्यौल बढिरहेका बेला प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलसँग बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्न लागेका हुन् ।
यसअघि शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो । सत्ता गठबन्धनका घटक नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी संघको निवार्चनपछि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्री देउवा दबाबमा छन् ।
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी जेठमा सकिँदैछ ।