Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

ट्रकको ठक्करबाट बाँकेमा एकको मृत्यु

ट्रकको ठक्करबाट बाँकेमा एकको मृत्यु

दैनिकी न्यूज

६, माघ २०७८
ट्रकको ठक्करबाट बाँकेमा एकको मृत्यु
images

राँझा । बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

कोहलपुर–१४ हवल्दारपुरमा गए राति करिब १० बजे ट्रकले ठक्कर दिँदा नेपालगञ्ज उपमहानगरपालिका–७ का त्रिलोक केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए।

उनकाअनुसार हवल्दारपुरस्थित विकासे पुलमा रहेको धर्मकाटाँमा कार्यरत कर्मचारी केसीलाई भे१क १९९९ नम्बरको ट्रकले ठक्कर दिएको हो।

ठक्करबाट केसीको मृत्यु भएपछि चालक फरार रहेका छन्।

फरार रहेका चालकको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताए। रासस

images
प्रकाशित मिति :माघ ६, २०७८ बिहिवार - १०:४७:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology