Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

दैनिकी न्यूज

५, माघ २०७८
मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा
images

जनकपुरधाम । मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा परेको छ । प्रदेश सरकारले मधेश बलिदानी दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिलामन्त्री भरतप्रसात साहले प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार बलिदानी दिवस मनाउन आज प्रदेशमा सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनलाई मधेश बलिदानी दिवसका रूपमा मधेस प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने निर्णय गरेको छ ।

यसवर्ष सप्तरीको राजधानीमा आज विशेष कार्यक्रम गरी दिवस मनाइँदैछ । कार्यक्रममा मधेश आन्दोलनका क्रममा शहीद भएकाहरूको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम रहेको मन्त्री साहले बताए ।

मधेस प्रदेशमा मंगलबार पनि सार्वजनिक बिदा थियो । प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम भएको खुसीयालमीमा सरकारले मंगलबार बिदा दिएको थियो ।

images
प्रकाशित मिति :माघ ५, २०७८ बुधवार - ०७:३९:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology