Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

ठगी एवं ज्यान मार्ने उद्योगमा फरार सुन्धाराको होटलबाट पक्राउ

ठगी एवं ज्यान मार्ने उद्योगमा फरार सुन्धाराको होटलबाट पक्राउ

दैनिकी न्यूज

४, माघ २०७८
ठगी एवं ज्यान मार्ने उद्योगमा फरार सुन्धाराको होटलबाट पक्राउ
images

काठमाडौं । नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी एवं ज्यान मार्ने उद्योगमा फरार रहेका दाङ घोराही उपमहानगरपालिका–१५ का ४१ वर्षीय विकास पुनलाई सोमबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले ठगी कसुर मुद्दा दर्ता भई फरार रहेका पुनलाई लुकिछिपी बसिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित होटल भ्यू ग्लोबलबाट पक्राउ गरिएको जानकारी दिए ।

“पक्राउ पुन विभिन्न मितिमा ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना, डाँका, चोरी तथा कुटपिटका घटनामा संलग्न रहेको अनुसन्धानमा खुलेको छ”, उनले भने । प्रहरीले पुनले प्रयोग गर्दै आएको प्रदेश ३–०१–०२२ च ०११८ नम्बरको गाडी बरामद गरेको छ । पक्राउ उनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाइएको प्रवक्ता महतोले बताए । रासस

images
प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - ०७:४८:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology