Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

तामाङ विद्यार्थी घेदुङ बाराको सम्मेलन सम्पन्न

तामाङ विद्यार्थी घेदुङ बाराको सम्मेलन सम्पन्न

दैनिकी न्यूज

३, माघ २०७८
तामाङ विद्यार्थी घेदुङ बाराको सम्मेलन सम्पन्न
images

उमेश घलान/बारा । नेपाल तामाङ विद्यार्थी घेदुङ बाराको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बाराको निजगढ–११ स्थित रतनपुरी गुठीमा आईतबार भएको सम्मेलनले अध्यक्षमा हरि लामाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

लामाको अध्यक्षतामा नव गठित २१ सदस्यिय समितिको उपाध्यक्षमा सम्झना लामा तामाङ्ग, सचिवमा दोर्जे रुम्बा तामाङ्ग, सह–सचिवमा उर्मिला मोक्तान तामङ्ग, कोषाध्यक्षमा बिशाल मोक्तान चयन भएका छन् ।

यसअघि नेपाल तामाङ विद्यार्थी घेदुङका संघीय सचिव जेन लामाले सम्मेलनको उद्घाटन गरेका थिए । कार्यक्रममा निजगढ नगरपालिका वडा नं. १३ का अध्यक्ष एवं नेपाल तामाङ घेदुङ, बारा अध्यक्ष सुर्य घलान, निजगढ नगरपालिका ११ का वडा अध्यक्ष प्रेमबहादुर रुम्बा लगायतको उपस्थिति रहेका थियो ।

कार्यक्रममा वडा अध्यक्ष घलानले तामाङ्गहरुको बहुल्यता भएपनि तामाङ्ग समुदाय हरेक क्षेत्रमा पिछाडीएको बताए । सरकारी कार्यालय, बैंकिङ्ग, शैक्षिक लगायत क्षेत्रमा तामाङ्ग समुदायको उपस्थिति नहुनु दुःखद् भएको बताए ।

राजनीतिक नेताहरुलेतमाङ्ग समुदायलाई सत्तामा पुग्ने भ¥याङ्ग बनाएको तितो अनुभुति सुनाए । ‘यो एकासौं शताब्दी पनि तामाङ्गहरुको सहभागीता न्युन र नाजुक अवस्था देख्दा आफुलाई पीडा हुन्छ,’ अध्यक्ष घलानले भने–‘तामाङ्गका छोराछोरीहरु पनि अब अग्रस्थानमा पुग्न जगरुक हुनपर्छ ।’
कार्यक्रमको सभाध्यक्ष र कार्यक्रम संचालक रमेश स्याङतानले गरेका थिए ।

images
प्रकाशित मिति :माघ ३, २०७८ सोमवार - ०७:०७:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology