काठमाडौं । निर्वाचन आयोगको आह्वानमा शुक्रबार सर्वदलीय बैठक बस्ने तय भएको छ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।
उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ । त्यस्ता दलहरूको संख्या १७ छ।