Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

३०, पौष २०७८
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
images

काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले उच्च अदालतले ४० लाख बिगो ठहर हुने फैसला गरेपछि फरार खोटाङ कपिलासगढी गाउँपालिका-९ वर्तन घर भई हाल जोरपाटी बस्दै आएका ३२ वर्षीय प्रकाश राईलाई बिहीबार दिउँसो पक्राउ गरेको हो।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत कात्तिक १० गते पक्राउ पूर्जी जारी गरे पनि उनी फरार रहँदै आएका थिए।

उनलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ। रासस

images
प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - ०८:२२:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology