Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

ट्याटु खोपाउन पालो कुरेका युवकको मृत्यु

ट्याटु खोपाउन पालो कुरेका युवकको मृत्यु

दैनिकी न्यूज

२९, पौष २०७८
ट्याटु खोपाउन पालो कुरेका युवकको मृत्यु
images

भक्तपुर । भक्तपुरमा ट्याटु खोपाउन आएका एक युवकको पालो कुर्ने क्रममा मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ लोकन्थलीमा ट्याटु खोप्न पालो कुरेर बसेका युवक विराज खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका खड्का ट्याटु खोपाउन बुधबार राति ९ः३० बजेसम्म पालो कुरेर बसेका थिए । पालो कुर्ने क्रममा बेहोस भएपछि उनलाई उपचारको लागि केएमसी अस्पताल लगिएको थियो ।

उपचारको क्रममा ३३ वर्षीय खड्काको १२ बजेर १५ मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्युको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २९, २०७८ बिहिवार - १४:४९:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology