Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

पश्चिमी वायु र भारतको न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न ठाउँमा वर्षा र हिमपात

पश्चिमी वायु र भारतको न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न ठाउँमा वर्षा र हिमपात

दैनिकी न्यूज

२९, पौष २०७८
पश्चिमी वायु र भारतको न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न ठाउँमा वर्षा र हिमपात
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिनले जारी गरेको छ । हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भू–भागमा आंशिक बदली रहेको छ। देशका अधिकांश भू–भागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष २९ गते (बिहिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ।

राती : देशभर आंशिक बदली रहने छ।

२०७८ पौष ३० गते (शुक्रबार)

दिउँसो : प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ।

राती : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ माघ ०१ गते (शनिबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर आंशिक देखि सामान्य बदली हुने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

images
प्रकाशित मिति :पौष २९, २०७८ बिहिवार - ०८:००:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology