Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति ७ वर्षपछि पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति ७ वर्षपछि पक्राउ

दैनिकी न्यूज

२८, पौष २०७८
श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति ७ वर्षपछि पक्राउ
images

कपिलवस्तु । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेको अभियोगमा भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारलाई घटनाको ७ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सिकन्दरले आफ्नै श्रीमती २१ वर्षीया किसलावती चमारलाई लिएर कपिलवस्तु कृष्णनगर नगरपालिका–६ श्रीनगरस्थित ससुराली आएको अवस्थामा २०७१ फागुन ३० गते राति श्रीनगरस्थित खेतमा लगेर हत्या गरी आगो समेत लगाई भागी फरार भएका सिकन्दरलाई नेपाल आउँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले कपिलवस्तु यशोधरा गाउँपालिका(६ रंगपुरमा फेला पारी पक्राउ गरेको हो ।

उनी उपर कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २८, २०७८ बुधवार - १७:३७:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology