ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १५ ताल्छीखेलबाट मनिष पण्डितले भाडामा लिएको घरमा अवैद्य रुपमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने बारा जिल्ला गढीमाई–४ स्थायी घर भई हाल ललितपुर–५ वस्ने बर्ष २४ को रोशन कुमार साह, चितवन जिल्ला रत्ननगर–४ घर भई हाल ललितपुर–८ वस्ने बर्ष २९ को विनोद नेपाल, ललितपुर–८ पाटन सुन्धारा बस्ने बर्ष ३७ को पवित्र महर्जन, बर्ष ४२ को महेश श्रेष्ठ रहेका छन् ।
त्यस्तै धादिङ जिल्ला धुनिवेशी–७ थाक्रे घर भई हाल ललितपुर जिल्ला ललितपुर–१५ ताल्छिखेल वस्ने बर्ष २४ को मनिष पण्डित, ललितपुर–१९ का बर्ष ४१ को विकाश शाक्य र ललितपुर– ७ का बर्ष ३२ को सुमन महर्जन रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले २ लाख १३ हजार ५४७ रुपैयाँ नगद र जुवातास खेल्न प्रयोग गरेको १६ थान कौडा समेत बरामद गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।
विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुलाई जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप भई थप अनुसन्धान भईरहेको महर्जनले बताए ।