Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

मौसम पूर्वानुमानः पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षा

मौसम पूर्वानुमानः पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षा

दैनिकी न्यूज

२८, पौष २०७८
मौसम पूर्वानुमानः पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षा
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष २८ गते (बुधबार)

दिउँसो :  सुदूर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा  फाटफुट देखि हल्का वर्षाको सम्भावना साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी  तथा  हिमाली  भू-भागका थोरै स्थानहरूमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ।

राती : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागहरूमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ पौष २९ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक बदली रहने छ। अपरान्ह पछाडी प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 २०७८ पौष ३० गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रहने छ। अपरान्ह पछाडी प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा फाटफुट/हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा फाटफुट/हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा  फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी  तथा  हिमाली  भू-भागका थोरै स्थानहरूमा  हल्का  हिमपातको  सम्भावना   रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

 

images
प्रकाशित मिति :पौष २८, २०७८ बुधवार - ०८:१३:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology