Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

बर्दियाबाट १० जुवाडे नगदसहित पक्राउ

बर्दियाबाट १० जुवाडे नगदसहित पक्राउ

दैनिकी न्यूज

२७, पौष २०७८
बर्दियाबाट १० जुवाडे नगदसहित पक्राउ
images

काठमाडौं । बर्दिया प्रहरीले १० जुवाडेलाई नगदसहित पक्राउ गरेको छ।

बाँसगढी नगरपालिका वडा नं. ७ बड्की देउडाका दुलिचन थारूको घरबाट प्रहरीले मंगलबार १० जना जुवाडेलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–७ का दुलिचनसहित आइतबारी थारू, श्यामप्रसाद थारू, रामकुमार थारू, भागिराम कुमाल, सीताराम थारू, उपेन्द्र खड्का, मोहम्मद अलि, मनोजकुमार थारू र रविन्द्र सापकोटा रहेको बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय मोतिपुरको टोलीले नगद १ लाख ८२ हजारसहित उनहरूलाई पक्राउ गरेको कार्कीले जानकारी दिए। पक्राउ परेकाहरूलाई जुवा सम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - २०:३७:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology