काठमाडौं । प्रहरीले बैंकिङ कसूरका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङ मर्स्याङदी घर भई काठमाडौंको बाँसबारी बस्ने ५२ वर्षीय प्रेमबहादुर गुरुङ छन् । निज अभियुक्त विरुद्ध बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७५ माघ २९ फैसलाले १० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद फैसला तोकेको थियो ।
महानगरीय अपराध महाशाखा मिनभवनले अभियुक्त गुरुङलाई मंगलवार चक्रपथबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको बताएको छ ।