काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु–भागहरुमा सामान्य बदली रहेको छ र बाँकी स्थानहरुमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार हाल पश्चिम र मध्य तराई भू–भागका केहि र पूर्वी तराई भू–भागका एक/दुई स्थानहरूमा हुस्सु÷कुहिरो लागेको अवस्था छ। पूर्वी तराई भू–भागका एक–दुई स्थानहरूमा कुहिरो/हुस्सु लागेको छ र मध्यान्ह पछि क्रमिक रुपमा सुधार हुदै जाने सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश नं १ का एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश , बाग्मती प्रदेश तथा प्रदेश नं. १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
२०७८ पौष २७ गते (मंगलबार)
दिउँसो : देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशभर आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ पौष २८ गते (बुधबार)
दिउँसो : प्रदेश नं १ , प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा मा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ , प्रदेश नं २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना साथै प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : प्रदेश नं १ र बाग्मती प्रदेशका पहाडी भू-भागहरुमा सामान्य बदली तथा अन्य सबै भु-भागहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना साथै सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।