Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

देशभर बदली, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देशभर बदली, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दैनिकी न्यूज

२६, पौष २०७८
देशभर बदली, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

हाल कर्णाली, सुदूरपश्चिम, बागमती, प्रदेश नं २ र प्रदेश नं १ मा सामान्य बदली रहि बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ।साथै सुदूर पश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष २६ गते (सोमबार)

दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ पौष २७ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली रहने छ। 

२०७८ पौष २७ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १ मा आन्शिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली रहने छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

images
प्रकाशित मिति :पौष २६, २०७८ सोमवार - ०८:४४:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology