Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

ललितपुरको कोन्ज्योसोममा करेन्ट लागेर एक युवकको मृत्यु

ललितपुरको कोन्ज्योसोममा करेन्ट लागेर एक युवकको मृत्यु

दैनिकी न्यूज

२३, पौष २०७८
ललितपुरको कोन्ज्योसोममा करेन्ट लागेर एक युवकको मृत्यु
images

ललितपुर । कोञ्ज्योसोम गाउँपालिका वडा नं. ३ दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।

सोही गाउँपालिका–२ शंखुस्थित बा ३ ख ४१०८ नम्बरको बस रोकी बस चालक घिमिरे पिसाब फेर्न जाने क्रममा बिद्युतको पोलबाट लत्रिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि कीर्तिपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त सातदोबाटोले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - १२:३५:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology