Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

राष्ट्रिय सभा निर्वाचनः आज उमेदवारको नामावली प्रकाशन

राष्ट्रिय सभा निर्वाचनः आज उमेदवारको नामावली प्रकाशन

दैनिकी न्यूज

२३, पौष २०७८
राष्ट्रिय सभा निर्वाचनः आज उमेदवारको नामावली प्रकाशन
images

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका छ । आजै उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका पनि रहेको छ ।

पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । निर्वाचन माघ १२ गते हुनेछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ । मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

प्रायः सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - ०८:५७:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology