Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

स्रोत नखुलेको ३८ लाख रकमसहित युवक पक्राउ

स्रोत नखुलेको ३८ लाख रकमसहित युवक पक्राउ

दैनिकी न्यूज

२२, पौष २०७८
स्रोत नखुलेको ३८ लाख रकमसहित युवक पक्राउ
images

धनुषा। धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।

 

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिए । प्रदेश–२–०२००१प ०४८०८ नंको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ । उनी हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ । रासस

 

images
प्रकाशित मिति :पौष २२, २०७८ बिहिवार - १८:१८:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology