Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

हुम्लाको एक घरमा आगलागी, सात लाखको क्षति

हुम्लाको एक घरमा आगलागी, सात लाखको क्षति

दैनिकी न्यूज

२२, पौष २०७८
हुम्लाको एक घरमा आगलागी, सात लाखको क्षति
images

काठमाडौँ। हुम्लाको खार्पुनाथ गाउँपालिका–१ प्युसस्थित एक घरमा आगलागी हुँदा रु सात लाख बराबरको धनमाल क्षति भएको छ । प्युस गाउँका सुरज शाहीको घरमा मङ्गलबार राति चुलोमा बालिएको आगा सल्केर राति ११ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


आगलागीबाट शाहीको घरमा रहेका सम्पूर्ण सामग्रीका साथै गोठमा रहेका पशु तथा कुखुरासमेत जलेर नष्ट भएको पीडित शाहीकी श्रीमती धनुको गुनासो थियोे । सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब रु सात लाख बराबरको धनमाल क्षति भएको मुचुल्का प्रहरीले गरेको छ । रासस 

images
प्रकाशित मिति :पौष २२, २०७८ बिहिवार - १५:२१:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology